कमला पुल पुर्ण निर्माणका लागि इन्जिनियरहरू द्धारा आन्दोलनको घोषणा

हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला पुल पुनः निर्माणमा दबाब दिन सिरहाका इन्जिनियरहरूले आन्दोलन गरेका छन् ।

सिरहाका इन्जिनियरहरूको अगुवाइमा गठित संघर्ष समितिले आन्दोलनको घोषणा गरेका हुन । संघर्ष समितिका संयोजक प्रवीणकुमार यादवले मंगलबार सरोकारवाला पक्ष तथा बुद्धिजीविहरूबीच छलफल भएपछि दबाब सिर्जनात्मक स्वरुप आन्दोलनको कार्यक्रम तय गरेको बताएको हो । जसअन्तर्गत आज सिरहाको महावीर चोकदेखि थाना चोकसम्म दबाब जुलुस गर्ने कार्यक्रम रहेको उनले बताएका छन ।

आगामी आइतबार सिरहाको बसबिट्टा चोकदेखि मुख्यमन्त्री कार्यालय जनकपुरसम्म मोटरसाइकल जुलुसयात्रा गर्ने संघर्ष समितिले जनाएको छ । कमला पुल पुनः निर्माण अघि नबढाएसम्म आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरिने समितिका संयोजक यादवले बताएका हुन । मधेशको दीर्घकालीन महत्व बोकेको कमला पुल निर्माण नहुँदा सिरहा र सप्तरीका सर्वसाधारण प्रदेशको राजधानी जनकपुरधाम आउन जान सास्ती भोग्दै आएका छन् ।

Advertisement

प्रदेश तथा सङ्घीय सरकारका विभिन्न मन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउँदा समयमा पुल बन्न नसकेको स्थानीयले गुनासो पोखेको हो । करिब १३ वर्षअघि निर्माण सम्पन्न भई उद्घाटनको तयारी गरिएको बेला कमला नदीमा आएको बाढीले पुल भासिएको सो पुल अझैसम्म पनि पुनः निर्माण हुन नसकेको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement