आजको मौसम अपडेटमा अबको दुइ दिन देशभर वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकमा फेरि मनसुन सक्रिय भएको जनाएको हुदा अहिले सप्तरी, मकवानपुर, झापा, मोरङ, धनुषा, सुनसरीका विभिन्न ठाउँमा ठूलो वर्षा भइरहेको हो ।

महाशाखाले ततीन दिनका लागि जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा आज र भोलि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा अति ठूलो वर्षाको समे सम्भावना रहेको जनाएका छन ।

महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो ।महाशाखाले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम रहेको उल्लेख गरेको हो ।

Advertisement

यी दुईदिन सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायातका साधन प्रभावित हुने भएकाले आवश्यक सर्तकता तथा पूर्वतयारी अपनाउन सबैलाई महाशाखाले अुनरोध गरेको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement