सिरहाको गोलबजारमा एक भारतीय युवक मृत फेला

सिरहाको गोलबजार नगरपालिका १ वहिरी वाँध नजिकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा भारत बिहार जिल्ला समस्तिपुर अलमपुरका करिव ३२ वर्षीय बवुल कुमार खानको शव भेटिएको हो।

उनी सोही ठाउका ३५ वर्षीय विजय यादवसँगै धनगढीमाई नगरपालिका ८ इँटारी टोलमा पाहुना आएका थिए। उनीहरु मदिरा पिएर बेलुका झगडा भएको स्थानीयले बताएका छन।

झगडाकै क्रममा गम्भिर चोट लागेर बेहोस खानलाई उपचारको लागि लगेको र सो चोटकै कारण उनको मृत्यु भएको हुन सक्ने स्थानीयले बताएका छन ।

Advertisement

इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुनिल कार्कीले घटनाको प्रकृति मुचुल्का उठाएर पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उपमा प्रसाद प्रादेशिक अस्पताल पठाएको जानकारी दिएको हो।

उनले घटनाको अनुसन्धान भइरहेकोले तत्काल केही बताउन नसकिने बताउँदै पोष्टमार्टम पछि मात्र केही भन्न सकिने बताएका छन। घटनामा संलग्न रहेको प्रहरीले विजय यादवलाई नियन्त्रणमा लिएको हो।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement