वीरगञ्जमा ४० हजार बढीको भन्सार छलीका सामान बरामद

वीरगञ्ज्र पर्सा जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरिएका सामग्री नियन्त्रणमा लिएको हो। वीरगञ्जका विभिन्न स्थानबाट प्रहरीले ४० हजार ९ सय रुपैयाँ बराबरको मेसिनरी पार्टपुर्जा र लत्ताकपडा बरामद गरेका छन।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ प्रतिमा चौकस्थित सडक खण्डबाट वडा प्रहरी कार्यालय श्रीपुरले २५ हजार रुपैयाँ बराबरको भन्सार छलीका लत्ताकपडा बरामद गरेको छ भने प्रहरीका अनुसार, यी सामानहरू भारतबाट अवैध रूपमा नेपाल ल्याइँदै गरेको अवस्थामा बरामद भएको पर्सा जिल्लाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिएका छन्।

 

Advertisement

त्यस्तै, प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वाबाट १५ हजार ९ सय रुपैयाँ बराबरको मेसिनरी पार्टपुर्जा नियन्त्रणमा लिएको सामग्रीहरू भन्सार नतिरी नेपाल भित्र्याउन खोजिएको बताइएको छन।

प्रहरीले भन्सार छली गरिएका सामानहरूको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको छ। साथै, प्रहरीले यस क्षेत्रमा अवैध रूपमा सामान ल्याउने क्रम रोक्नका लागि थप सतर्कता अपनाउने प्रतिबद्धता व्यक्त गरेको र यस प्रकारको गतिविधिले स्थानीय बजारमा असर पुर्याउन सक्ने भएकाले प्रहरीको यो कदम महत्त्वपूर्ण रहेको बताएका हुन।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement