मिटरव्याजीद्वारा भोगेन्द्र ठाकुरको हत्या छानबिनको माग गर्दै शवसहित प्रदर्शन

कुटपिटबाट हत्या गरिएको भन्दै धनुषाधाम नगरपालिका–२ स्थित मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।मसानघाट स्वर्गद्वारीमा मंगलबारदेखि नै शव राखेर धर्ना दिएका मिटरब्याज पीडितले बिहीबार शवसहित जनकपुरधाम नगरको परिक्रमा गर्दै प्रदर्शन गरेका हुन ।

मसानघाटबाट ट्रयाक्टरमा शव राखेर जनकपुरधामको राम चोक, जनक चोक शिव चोक, भानु चोक हुँदै प्रदर्शनकारीले नाराबाजीसमेत गरेका थिए । ठाकुरको शव मंगलबार प्रादेशिक अस्पताल जनकपुरले पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाएपछि मसानघाटमा दाहसंस्कारका लागि लगिएतापनि मृतक ठाकुर मिटरब्याज पीडित रहेको र उनको हत्या मिटरब्याजीको योजनामा भएको दाबी गर्दै मिटरब्याज पीडित संघर्ष समितिले दाह संस्कार गर्न नदिई उनको हत्या भएको दाबी गर्दै छानबिन गर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन गरेका हुन ।

 

Advertisement

स्थानीयवासीका अनुसार ठाकुरको हत्या गरेर जग्गा हड्पने योजनामा शिवजी लागेका थिए । त्यही क्रममा पछिल्लो पटक कुटपिटको घटना भएको मिटरब्याजपीडित संघर्ष समितिका अध्यक्ष मनोज पासमानले दाबी गरेका छन । साउन १४ गते पनि निहुँ खोजेर झगडा गरेको उनले बताएहुन । ठाकुरकी पत्नी चन्दा ठाकुर नुहाइरहेको बेला नागेश्वरकुमार मुखियाले मोबाइलबाट भिडियो खिच्न खोजेका थिए । ठाकुरले साको विरोध गर्दा झगडा भएको हो । त्यसपछि सबै मिलेर कुटपिट गरेको अध्यक्ष पासमानले बताएहुन ।

गम्भीर घाइते भएका ठाकुर र चन्दालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र अस्पताल पु¥याए लगत्तै चिकित्सकले भोगेन्द्र ठाकुरलाई मृत घोषणा गरेका थिए ।

मिटरब्याजपीडित संघर्ष समितिका अध्यक्ष पासमानले घटनामा संलग्न रहेका शिवजी यादव, मुकेश मुखिया, सुरजी मुखिया, नागेश्वर मुखिया, मनिष मुखियालाई पक्राउ गरी कारबाही गर्न माग गरेका थिए भने जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनामा संग्लन रहेको अभियोगमा केहीलाई पक्राउ गरिएको बताएका छन ।

मिटरब्याजसँग जोडिएको यस घटनाको सबै कोणबाट अनुसन्धान भइरहेको उनले बताएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले मिटरब्याज पीडितलाई बिहीबार ११ बजे वार्तामा बोलाए पनि नआएको बताएका हुन । आफन्तजनले शव जलाउन खोजे पनि मिटरब्याज पीडितले शव नियन्त्रणमा लिएर प्रदर्शन गरेको उनले बताएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement