कञ्चनरुप नगरपालिकामा नगर प्रमुखको मनमानि चल्दा उपप्रमुखलाई सभाहल बाटै गलहत्याएर बाहिर

कञ्चनरुप नगरपालिकाको १० औं नगरसभा कानून अनुसार गर्न माग गरेपछि नेपाल प्रहरी,सबस्त्र प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले उपप्रमुख मुनाकुमारी पोखरेललाई सभाबाट बाहिर निकालि दिएकोे हो ।
कञ्चनरुप नगरपालिकाकी नगर उपप्रमुख मुना कुमारी पोखरेलले नियम अनुसार सबै प्रक्रिया पुरा गरी मात्रै नगरसभा गर्नु पर्ने,नगरसभामा नीति तथा कार्यक्रम र बजेट पेश गर्ने आफनो जिम्मेबारी भएपनि बजेट निमार्णमा कुनै सल्लाह नगरेको आरोप लगाएकी हुन ।
नगरसभालाई सम्बोधन गर्दै उपप्रमुख पोखरेलले १० औँ नगर सभा तथा बजेट कार्यक्रम भदौ २२ गते गर्नु पर्ने भन्दै स्थगित गरेको घोषणा गरेपछि नगरप्रमुख ललन प्रसाद गुप्ताको आदेशमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र नगर प्रहरी मिलेर उपप्रमुखलाई बोल्न समेत नदिइ जर्वजस्ती सभाहलबाट बाहिर निकालेका थिए ।
कार्यपालिकाबाट नीति कार्यकर्म पास गरेर मात्र नगर सभा गर्नु पर्नेमा नगर प्रमुख र केही कर्मचारीको मिलोमतोमा कार्य आफूलाई पन्छाएर नगरसभा गरिएको उप प्रमुख पोखरेलले जानकारी गराएकी हुन ।
आर्थिक बर्ष २०८१।०८२ को बिनियोजन बिधयेकमा छुटयाएको बजेट कार्यक्रम कुनै अध्ययन नगरिकोले सो कार्यक्रम भदौँ २२ गते हुने नगर उपप्रमुखले नगर सभा तथा बजेट कार्यक्रम स्थगित गरेका हुन ।’
कञ्चनरुका नगर प्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षतामा बसेको १० औँ नगर सभाले उपप्रमुख बेगर नै सम्पन्न भएको हो ।नगर उपप्रमुखले नगर सभा स्थकित गर्दा मलाई नगर प्रहरी, शस्त्र प्रहरी, लगायत नगर प्रमुख ललम प्रसाद गुप्ताले सभा हलबाट तानेर बाहिर निकालिएको गुनासो गरेकी हुन । उक्त सभा हल बाट उप नगर प्रमुख पोखरेललाई निकाल्दा भित्र कोठा सबै जनप्रतिनिधिहरुलाई बन्द कोठामा हस्ताक्षर गराएको आरोप समेत लागाएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement