सर्लाहीमा पूर्वभूमिसुधार राज्यमन्त्री रायको हत्या आरोपमा एक युवक पक्राउ

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमा ८० वर्षीय पूर्वमन्त्री रायको हत्या भएको सर्लाही प्रहरीले जनाएका छन ।घरमा एक्लै सुतेको बेला राति १ बजेतर्फ उखु काट्ने फर्साले टाउकोमा प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन । घटनास्थलमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट मधेश प्रदेशका डीआईजी यज्ञ विनोद पोखरेल र सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहस हितको प्रहरी टोली पुगेर अनुसन्धान समेत थालेका छन् ।

यता पूर्वमन्त्री रायको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहले घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताएका छन । मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद रायका दाजुसमेत रहेका पूर्वमन्त्री राय धान रोपाइँको लागि एक सातादेखि चन्द्रनगर स्थित घरमा बस्दै आएका थिए ।

पूर्वमन्त्री राय पत्नीसहितका परिवारजन भने काठमाण्डुमा बस्दै आएको प्रहरीले जनाएको हो । उनी एकजना आफन्तसमेत रहेका कामदार युवकसँगै घरमा बस्दै आएका थिए । कामदार रामउ जेन रायले राति १ बजे स्थानीय प्रहरीलाई घटनाबारे खबर गरेपछि मलंगवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थिए । कुराकानी गर्न भन्दै गएराति ९ बजेतर्फ अपरिचित तीन जना युवक घरमा आएपछि पूर्वमन्त्री रायले कामदार रामउजेनलाई छतमाथि गएर सुत्न भनेका हुन ।

Advertisement

उनले गएराति १ बजेतर्फ उठेर हेर्दा पूर्वमन्त्री रायलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार पूर्वमन्त्री रायको हत्या अनुसन्धानमा पक्राउ परेका रामउ जेनले दिउँसो मलंगवा नगरपालिका– ४ स्थित घर आएर पुनः चन्द्रनगर फर्किएको अनुसन्धानबाट देखिएको हो ।

कामदार रामउजेनले प्रहरीलाई बताएअनुसार तीन जना अपरिचित युवकहरु भेट्न आउँदा पूर्वमन्त्री रायले आफूलाई बाहिर गएर बस्न भनेपछि आफू कोठाको छतमा गएर सुतेको र गएराति १ बजेतर्फ पुनः कोठामा गएर हेर्दा उनको हत्या भएको अवस्थामा देखेँका हुन । स्थानीयका अनुसार केही व्व्यक्तिले जग्गा सम्बन्धी विवादका कारण भन्दै पूर्वमन्त्री रायसंग कुराकानी गर्न आउने क्रममा हत्या गरेको आशंका गरेका छन् ।

हिजो पूर्वमन्त्री रायले मलंगवास्थित बैंकबाट एक लाख पचास हजार रुपैयाँ झिकेर रत्नपुर आएका थिए । सो पैसा लुट्नका लागि हत्या भएको हुन सक्ने अनुमान गरेका छन् ।पूर्वमन्त्री राय २०५६ सालमा भएको आम निर्वाचनमा सर्लाही– ३ बाट निर्वाचित भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको शासन कालमा केही महिना भूमिसुधार राज्यमन्त्री भएका थिए । त्यतिबेला उनी राप्रपाबाट निर्वाचित भएका थिए ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement