इजरायली हमलामा ७० जनाको मृत्यु

दक्षिणी सहर खान युनिसमा इजरायली हमलामा कम्तीमा ७० जनाको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको हो। इजरायलले प्यालेस्टाइनी लडाकुहरू विरुद्धको कारबाही अघि गाजाका आवासीय क्षेत्रहरू खाली गर्न आदेश दिएपछि यो हमला भएको बताइएका हुन ।

खान युनिसको पूर्वी क्षेत्रबाट महत्त्वपूर्ण आतङ्कवादी गतिविधि र रकेट आक्रमण भएको इजरायली सेनाले सोमबार बिहान भनेका थिए । सो क्षेत्रमा बसोबास गरिरहेका मानिसहरूलाई अल–मवासी आवासीय क्षेत्रमा जान भनिएको र त्यसपछि सो क्षेत्रमा भारी बमबारी गरेको र यसमा परेर आतङ्कवादी र उनीहरूको पूर्वाधार ध्वस्त भएको सेनाले बताएका छन ।

यो घटनाको समयमा त्यहाँ सयौँ मानिस पैदल र कारबाट भागमभाग गरिरहेको देखिएको समेत बताएका हुन । अल अमल अस्पतालमा पाँच जनाको शव र ३३ जना घाइतेलाई ल्याइएको प्यालेस्टिनी रेड क्रिसेन्टले जनाएको हो ।

Advertisement

ठाउँ खाली गर्ने इजरायलको आदेशपछि खान युनिसबाट दुई किलोमिटर पूर्वमा रहेको मान र बानी सुहैला सहरमा रहेका आफ्नो क्लिनिकमा सेवा ठप्प भएको स्वास्थ्य संस्थाले जनाएको छन भने आफ्नो आदेश अस्पतालहरूमा लागू नहुने इजरायली अधिकारीहरूले बताएका छन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement