सर्लाहीमा पूर्व भूमिसुधार राज्यमन्त्री रायको हत्या

सर्लाहीको चन्द्रपुर गाउँपालिका(१ रतनपुरस्थित घरको कोठाभित्र ८० वर्षीय रायको आइतबार राति हत्या भएको हो।जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दीपक श्रेष्ठका अनुसार उनको हत्या भएको खबर आइतबार राति १ बजे प्रहरीसमक्ष पुगेको थियो।

घटनास्थल पुगेको प्रहरीले राज्यमन्त्री रायलाई कोठाभित्र मृत अवस्थामा भेटिएको थियो। डिएसपी श्रेष्ठका अनुसार रायको टाउकोमा धारिलो हतियार प्रहार भएको र उनको टाउकोको बायाँ भागमा चोट देखिएको छ।

सोमबार बिहान प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख पनि घटनास्थल पुगेका र अनुसन्धानका लागि तालिमप्राप्त कुकर पनि परिचालन गरिएको डिएसपी श्रेष्ठले जानकारी दिएका हुन।

Advertisement

चन्द्रपुर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोका अनुसार पूर्व राज्यमन्त्री राय आइतबार मात्रै रतनपुर आएका थिए।उनी परिवारसहित मलंगवा बस्न ेर रतनपुरमा भएको रायको पुरानो घर हो। त्यहाँ उनको खेतीपाती पनि गर्ने र्गछन। आइतबार राति खाना खाइसकेपछि तीन जना व्यक्तिहरू रायलाई भेट्न आएको रायको भान्सेले बताएका छन्।

‘ती मान्छेहरूसँग कुराकानी भइरहँदा मानननीय ज्यूले भान्सेलाई छतमा गएर सुत्न भनेका र त्यसपछि भान्से छतमा गएको र राति रायको हत्या हत्या भएपछि प्रहरीलाई खबर गरेको भनेका छन प्रहरीले भने घटनाबारे अनुसन्धान गरिरहेको जनाएको हो।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement