एसईई नतिजा आज प्रकाशित हुने

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बिहान १० बजेभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ ।नतिजा प्रकाशनका लागि आज बिहान ७ बजे बोर्ड बैठक डाकिएको थियोे । बुधबार नतिजा प्रकाशन गर्ने तयारी भए पनि केही प्राबिधिक तयारी नपुग्दा नतिजा प्रकाशन आजका लागि सरेको वोर्डले जनाएको छ ।

गत चैत १५ गतेदेखि २७ गतेसम्म लिइएको परीक्षामा ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी भएका थिए ।राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङमा नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । यो प्रणाली अनुसार हरेक विषयमा सैद्धान्तिक र प्रयोगात्मक अर्थात आन्तरिक मूल्याङ्कनमा फरक–फरक अंक दिइने छ ।

सैद्धान्तिकतर्फ हरेक विषयमा ७५ पूर्णाङ्कमा न्यूनतम ३५ प्रतिशत अर्थात २६ दशमलव २५ अंक ल्याउनु पर्ने छ । यस्तै आन्तरिकतर्फ २५ पूर्णाङ्कमा ४० प्रतिशत अर्थात न्युनतम् १० अंक ल्याउनु पर्नेछ भने सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा परिणत गरिने छ ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement