जनता समाजवादी पार्टी जसपा नेपालको बन्द सत्र सुरु

जनता समाजवादी पार्टी जसपा नेपालको बन्द सत्र सुरु भएको छ। जनकपुरस्थिथ तिरहुतियाधाममा सोमबार उद्घाटन गरिएको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा बन्द सत्र सुरु भएको हो। बन्द सत्रमा पार्टीको दस्तावेज, नीति कार्यक्रम प्रस्तुत गरिने छ।
महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ३० गते निर्वाचन सत्र सुरु हुने छ। २०१ सदस्य केन्द्रीय नयाँ केन्द्रीय समिति चयन गर्ने छ। हाल विधान अनुसार १५१ सदस्य केन्द्रीय समिति गर्ने प्रावधान छ। तर, विधान संशोधनको प्रस्ताव दर्ता भएकाले पारित भएर केन्द्रीय समिति २०१ सदस्यको बनाइने छ।

त्यस अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत २०१ सदस्य चयन गर्ने तयारी छ। महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ।
सात सचिवमा भने प्रादेशिक क्लस्टरका आधारमा हुने जसपा नेपालले जनाएको छ।केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव पुनः दोहोरिने सम्भावना छ। अन्य पदमा भने प्रतिष्पर्धा हुनेछ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement