मधेस प्रदेशमा जनमतको सरकार बन्ने बलियो सम्भावना

मधेस प्रदेशमा जनमतको नेतृत्वमा सरकार बन्ने कि जसपाको नेतृत्वले विश्वासको मत पाउने भन्ने कौतुहलताको समय टरेको छ ।मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्व सरकार बन्ने लगभग निश्चित भएसँगै भावि सरकार बारेको नयाँ मार्गचित्र स्पष्ट बनेको हो । जनता समाजवादी पार्टी जसपानेपाल नेतृत्वको सरकारबाट मंगलवार नेकपा एसले पनि साथ छाडेपछि विपक्षी गठबन्धनतर्फ प्रष्ट बहुमत पुगेको छ ।सरकारको नेतृत्व गरिरहेको जसपा नेपाल हाल एक्लिएको छ । मधेश प्रदेश सभामा जसपा नेपालको १९ प्रदेश सभा सदस्य छन् ।मुख्यमन्त्री सरोज कुमार यादवले आज बुधवार विश्वासको मत लिदैछन् । विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
सत्ता गठबन्धनबाट एमाले र माओवादीले समर्थन फिर्ता लिएको झण्डै २३ दिनपछि नेकपा एसले पनि समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशमा लगातार साढे ६ वर्ष जसपा नेपाल नेतृत्वको सरकार रह्दै आएकोमा यसपटक नेतृत्व परिवर्तन हुने निश्चित भएको छ।
जसपा नेपालका लालबाबु राउत नेतृत्वको सरकारले ५ वर्षको पूर्ण कार्यकाल चलेको थियो । यद्यपि सत्ता साझेदार दलहरु फेरबदल भएका थिए । यादव नेतृत्वको सरकारले झण्डै १ वर्ष ६ महिना पूरा गरेको छ ।
डेढ वर्षको कार्यकालमा मुख्यमन्त्री यादवले पाँचौ पटक लिन लागेको विश्वासको मतमा सफल हुने सम्भावना समाप्त भएको छ ।
एमाले, माओवादी र जनमत पार्टीले जनमत संसदीय दलका नेता महेश प्रसाद यादवलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेका छन् । नेकपा एसले साथ छाडेपछि जसपा नेपाललाई बहुमत पुग्ने सम्भावना समाप्त भएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement