तिरहुत गाउँपालिकाले सम्पूर्ण किसानको सिंचाई मिटरको हाल सम्मको बाँकी रहेको विद्युत महसुल तिर दिएको छ । कञ्चनपुर वितरण केन्द्र अन्तर्गत रहेको तिरहुत गाउँपालिकामा रहेको सम्पूर्ण किसानको सिंचाई मिटरको हाल सम्मको बाँकी रहेको विद्युत महसुल तिर दिएको छ । तिरहुत गाउँपालिकाले शुक्रबार एक कार्यक्रम गरी नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र का प्रमुख अरुण कुमार लाई नौ लाख उनानसतरी हजार सात सय नब्बे रुपैयाँ पञ्चन्नबे पैसा को चेक हस्तन्तरण गरेका छन। किसानहरुको सिंचाई मिटरको विद्युत महसुल तिरहुत गाउँपालिकाले तिरिदिने कार्य ऐतिहासिक तथा सराहनीय कार्य भएको हो । नेपाल कृषि प्रधान देश भएको कृषि क्रान्तिको बाटो तिर अग्रसर भएको वितरण केन्द्र प्रमुख अरुण कुमारले बताएका छन ।
गाउँपालिका अध्यक्ष विजय यादवले म पनि किसान परिवारको छोरा भएकोले यो तिरहुत गाउँपालिकाको किसान दाजु भाई हरु आकाशीय वर्षामा मात्र भर पारेर अब खेती गर्नु नपर्ने र प्राधिकरण बाट सिंचाई मीटर लिई सिंचाई मिटरको महसुल गाउपलिकाले नै तिरीदिने गरी उत्साह पूर्वक खेती गर्नु हुन आग्रह समेत गरेका छन।


Add a Comment