अधिबेशन स्थलमै नयाँ सदस्य आबेदकको विरोध प्रदर्शन

सप्तरीका नयाँ सदस्यता आबेदक पत्रकारहरुले नेपाल पत्रकार महासंघ शाखा सप्तरीको ११ औं अधिबेशन स्थलमा विरोध प्रदर्शन गरेका छन् । हामीलाई सदस्यता किन दिएन के हामी अपराधी हौ रु सदस्यताको अधिकार किन खोसियो के हामी पत्रकार होइनौ हाम्रो के अपराध भन्ने नारा उल्लेख गरिएको व्यनर प्रदर्शन गर्दै उनीहरुले विरोध जनाएका हुन् ।

अधिबेशन उद्घाटन समारोह सुरु भएसंगै उनीहरुले विभिन्न नारा लेखीएको कालो व्यानर प्रदर्शन गर्दै विरोध जनाएका थिए । विरोध पछि मन्चासिन नेपाल पत्रकार महासंघको केन्द्रिय प्रतिनिधिको रुपमा उपस्थित महासंघका केन्द्रिय सचिब दिपेन्द्र चौहानलाई सदस्यता पाउनु पर्नेसहितको ज्ञापन(पत्र बुझाएका छन् । प्रदर्शनकारीबीच नयाँ सदस्यता आवेदक पत्रकारहरु ।

नेपाल पत्रकार महासंघ सप्तरीको ११ औं अधिबेशन तिरहुत गाउँपालिका ५ स्थित प्रसिद्ध पर्यटकीय स्थलमा भइरहेका छन् । कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राज कुमार लेखी रहेका छन् ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement