इलाम–२ मा उपचुनावको मतगणना शुरु, बझाङमा केहीबेरमा शुरु हुने

प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपचुनावको मतगणना शुरु भएको छ । बिहान ७ बजेदेखि नै मतगणना गर्ने तयारी गरिएको भए पनि सर्वदलीय बैठक बस्न ढिलाइ भएकाले केहीबेरअघि मात्रै मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

इलाम नगरपालिका–७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ । गणनास्थलमा ११ वटा सीसीटीभी क्यामेरा जडान गरिएका छन् । मतगणनास्थलमा भीड हुन नदिन चोकबजारमा रहेको ुडिस्प्ले बोर्डु मा परिणाम सार्वजनिक गरिँदैछ । मतपरिणाम एकरएक घण्टाको अन्तरालमा सार्वजनिक गर्ने घिमिरेले जानकारी दिनुभयो । हिजो सम्पन्न मतदानमा ५९ दशमलव ७९ प्रतिशत अर्थात् ६९ हजार २ सय ८७ मत खसेको छ ।

२०७९ साल मङ्सिर ४ गते भएको प्रतिनिधि सभा सदस्यको चुनावमा इलाम–२ बाट निर्वाचित नेकपा ९एमाले० का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त पदमा उपचुनाव भएको हो । उपचुनावमा १८ जना उम्मेदवार छन् ।

Advertisement

यस्तै बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर–१ ९क० मा भएको उपचुनावको मतगणना केहीबेरमा शुरु हुँदैछ । आज बिहान ७ बजे मात्र साइपाल गाउँपालिकाको तीन वटा केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएकोले मतगणना केहीबेर पछि शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतको भवनमा मतगणना हुने छ । हिजो भएको मतदानमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३ सय २८ मत खसेको छ । चुनावमा ११ दलका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपचुनाव भएको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement