नेपाल र वेस्ट इन्डिज ‘ए’ टोलीबीचको पाँच खेलको टी–२० क्रिकेट श्रृङ्खला आज देखि शुरु हुँदै

नेपाल र वेस्ट इन्डिज ‘ए’ टोलीबीचको पाँच खेलको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि शुरु हुँदैछ । आज पहिलो खेल दिउँसो सवा १२ बजेदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । यो श्रृङ्खलाका लागि दुवै टोलीले यसअघि नै खेलाडी घोषणा गरिसकेका छन् । नेपाली टोली रोहित पौडेल र वेस्ट इन्डिज ‘ए’ रोस्टन चेसको कप्तानीमा श्रृङ्खला खेल्दैछ ।

हिजोमात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट सङ्घ क्यान० का सचिव पारस खड्काले अस्ति बिहीवार घोषणा भएको १६ सदस्यीय टोलीमा ४ खेलाडी थपिएको जानकारी दिए । कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल थपिएका छन् ।

नेपाली क्रिकेट टोलीका कप्तान पौडेलले विगतको खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको शृङ्खला खेल्ने बताएका छन् । वेस्ट इण्डिज ‘ए’ का कप्तान चेसले विश्वकपको तयारीका लागि यो शृङ्खला महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन । श्रृङ्खलाको दोस्रो खेल भोलि आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।

Advertisement

सबै खेल कीर्तिपुरमै हुनेछन् । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको श्रृङ्खला खेल्न लागेको हो । यो श्रृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement