आगलागीबाट घरबास गुमाएका पीडितलाई तत्काल राहत, उद्धार तथा व्यवस्थापनको काम गर्न सम्बन्धित निकायलाई सरकारको निर्देशन

आगलागीबाट घरबास गुमाएका पीडितले खान, बस्न नपाएको गुनासो गरिरहँदा सरकारले तत्काल राहत, उद्धार तथा व्यवस्थापनको काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । हिजो गृह मन्त्रालयमा बसेको आपत्कालीन बैठकमा उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सबै माध्यमको प्रयोग गरेर पीडामा परेकालाई राहत र उद्धारमा सघाउन निर्देशन दिनुभएको हो ।

कार्यविधि र नियमावलीको पालना गर्दै आगलागी तथा अरु विपद्मा परेकालाई तत्काल राहतका लागि ढिलाइ नगर्न सरकारले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । गृहमन्त्री लामिछानेले आगलागी र डढेलो नियन्त्रणका लागि सङ्घ, प्रदेश र पालिकाले पहल गर्नुपर्ने बताउनुभयो । केही दिनयता तापक्रम बढेसँगै देशभरि डढेलो र आगलागीका घटना बढेका छन् ।

गृह मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार वैशाख लागेदेखि देशका चार सयभन्दा बढी ठाउँमा आगलागी भएको छ भने दुई सयभन्दा बढी ठाउँमा डढेलो बस्ती पसेको छ । दुई हप्तामा आगलागी र डढेलोका कारण १० जनाले ज्यान गुमाएका छन् । वैशाख लागेपछि सात सयभन्दा धेरै घरमा आगो लागेको छ ।

Advertisement

नौ सयभन्दा धेरै परिवार प्रभावित भएका छन् । २३ करोड रुपैयाँभन्दा धेरैको भौतिक क्षति भएको आंकलन गरिएको छ ।अझै केही दिन उच्च तापक्रम र हावाहुरीको अवस्था रहने भएकाले आगलागीको बढ्ने जोखिम छ । डढेलो तथा आगलागीका घटना हुनै नदिन गाउँठाउँमा सचेतना अभियान सञ्चालन गर्न विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement