मधेश प्रदेशमा ७५ जना मात्र औलोको बिरामी भेटियो

मधेश प्रदेशमा ७५ जना मात्र औलोको बिरामी भेटिएका छन् । प्रदेशका आठ वटा जिल्लाहरूमध्ये सबभन्दा बढी सर्लाहीमा २३ जना मलेरियाका बिरामी फेला परेका हुन् । सबैभन्दा कम सप्तरीमा दुई जनामा मलेरियाका कीटाणु भेटिएका छन् ।

चालु आर्थिक वर्षको वैशाख १० गतेसम्ममा रौतहटमा १६ जना, बारामा ११ जना, धनुषामा १० जना, महोत्तरी र पर्सामा पाँच–पाँच जना, सिराहामा तीन जना मलेरियाका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका जनस्वास्थ्य प्रशासक श्रवणकुमार नायकले जानकारी दिएका छन । मधेश प्रदेशका जिल्लाहरूमा औलो रोगको परीक्षण कम हुने गरेको छ ।

परीक्षण कम हुँदा बिरामी पनि कम फेला परेको हुन सक्ने उनले बताए । प्रदेशमा अहिलेसम्ममा २५ हजार ६ सय ६८ जनाको परीक्षण गरिएको छ । सबैभन्दा बढी महोत्तरीमा छ हजार ९२ जनामा औलोको परीक्षण गरिएको छ भने सबभन्दा कम बारामा एक हजार १५ जनालाई परीक्षण गरिएको निर्देशनालयका वरिष्ठ ल्याब टेक्निसियन फुलेन्द्र यादवले बताए ।

Advertisement

त्यस्तै, सप्तरीमा चार हजार ६२१, पर्सामा चार हजार १७, सर्लाहीमा तीन हजार ३०४, धनुषामा तीन हजार २४, सिराहामा एक हजार ८५५, र रौतहटमा एक हजार ७४० जनालाई मलेरियाको परीक्षण गरिएको उनले बताए ।

आर्थिक वर्ष २०७९र०८० मा ३० हजार ८७२ जनामा मलेरियाको परीक्षण गरिएको थियो । प्रदेश स्तरमा मधेशमा कम जोखिम अहिले तथ्याङ्कको आधारमा औलोका बिरामीको हिसाबले अन्य प्रदेशको तुलनामा मधेश प्रदेश कम जोखिममा रहेको छ । आर्थिक वर्ष २०७९÷०८० को तथ्याङ्क अनुसार मधेशमा ६६ जनामा मलेरिया बिरामी फेला परेको थियो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement