कक्षा १२ को परीक्षा देशभर एकैसाथ बैशाख २६ गते देखी संचालन हुने

कक्षा १२ परीक्षा देशभर एकैसाथ शुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सञ्चालन हुनेछ । यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी भएका छन् ।

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी रहेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्र निर्धारण गरेको छ ।

सबैभन्दा बढी काठमाण्डौमा एक सय ४४ र मनाङरमुस्ताङमा एकरएक वटा परीक्षा केन्द्र निर्धारण भएकोे छ । पहिलो पटक बोर्डले यसवर्ष स्वचालित प्रक्रियाबाट काठमाण्डौका परीक्षा केन्द्र निर्धारण गरेको छ ।

Advertisement

 

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement