बारामा प्रहरीले बोकेको पेस्तोल हरायो

बारामा प्रहरीले बोकेको पेस्तोल हराएको छ । प्रहरीका वरिष्ठ सई पूर्ण बिसीले बोकेको पेस्तोल हराएको हो । जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता दधिराम न्यौपानेले पेस्तोल हराएको पुष्टि गरे । ‘हिजो राति अपरेसनमा जाँदा हराएको हो, खोजी भइरहेको छ,’

इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत वरिष्ठ सई बिसीसहितको टोली सोमबार राति लागुऔषधको अपरेसनमा गएको थियो । सो क्रममा लागुऔषध गाँजासहित केही व्यक्ति समेत पक्राउ परेका थिए । अपरेसनकै क्रममा पेस्तोल हराएको डीएसपी न्यौपानेको भनाइ छ ।

वरिष्ठ सई बिसीले बोकेको १० राउण्ड गोली लोड भएको अटोमेटिक पेस्तोल हराएको हो । घटनाबारे बारा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Advertisement

 

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement