महोत्तरीको बर्दिबासमा मोटरसाइकल दुर्घटनामा श्रीमान्–श्रीमतीको मृत्यु

महोत्तरीको बर्दिबासमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–२ कालापानी जंगल क्षेत्रमा बा। प्रा। ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारका लागि जनसेवा अस्पताल, बर्दिबास लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement