वीरगन्जको बुढियामाइ टोलमा आगलागी हुदा सात वटा घर जलेर नष्ट

वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौको बुढियामाइ टोलमा मंगलबार बिहान आगलागी हुदा सात वटा घर जलेर नष्ट भएको छ । आज बिहान करिब ३ बजेतिर महेन्द्र सहनीको फुसको घरमा विद्युतको तार सर्ट भई लागेको आगो छिमेकका अन्य ६ वटा घरमापनि सल्किएर आगलागी हुदाँ सहनीसहित सात वटा घर पुर्ण रुपमा जलेर नष्ट भएको हो ।

आगलागीबाट महेन्द्र सहनी, मैना सहनी,वीरेन्द्र सहनी, तुफान सहनी, फुलदेव सहनी, अभय सहनी र अदालत साहको घर पूर्णरूपमा जलेर नष्ट भएको हो । आगलागीबाट सात घरसहित घरमा रहेको अन्नपात, लत्ताकपडा, सुनचाँदी,नगद जलेर नष्ट भएको तथा ८ वटा बाख्रा र एउटा गाई जलेर मरेको प्रहरीले जनाएको छ। आगलागीबाट अन्दाजी ५३ लाख ९० हजार रूपैयाँ बराबरको क्षति भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार उक्त आगो वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकाको दमकल, प्रहरी र स्थानियको सहयोगमा बिहान ५ बजेतिर पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement