कञ्चनरुप ८ भगवती मन्दिरको पोखरीमा डुबेर ७ वर्षीय बालकको ज्यान गयो

सप्तरीमा पोखरीमा डुबेर आज सोमवार एक जना बालकको ज्यान गएको छ । कञ्चनरुप नगरपालिका–८ भगवती मन्दिरमा रहेको पोखरीमा डुबेर वडा नम्बर ९ का विक्रम रामको सात वर्षीय छोरा विशालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

खेल्ने क्रममा विशाल राम पोखरीमा खसेका आफन्तले बताएका छन् । मृतक बालक भगवती राष्ट्रिय प्राथमिक विद्यालयको कक्षा २ मा अध्यनरत थिए । मृतक बालकको शोकमा आज विद्यालयमा बिदा दिएको प्रधानाध्यापक रिना भट्टराई आचार्यले बताउनुभयो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement