नक्कली भुटानी शरणार्थी प्रकरण स् थुनामै राख्ने उच्चको आदेशविरुद्धको पुनरावेदनमा सुनुवाइ हुँदै

सर्वोच्च अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज सुनुवाइ हुँदैछ। आइतबार सुनुवाइका लागि पेशी तोकिए पनि बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। निलम्बित सचिव टेकनारायण पाण्डेसहितका प्रतिवादीहरूले दिएको पुनरावेदनमाथि न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले थुनामा राख्न दिएको आदेश बदरको माग गर्दै उनीहरूले विभिन्न मितिमा सर्वोच्चमा पुनरावेदन दिएका थिए। यसअघि सो निवेदनमाथि न्यायाधीश कुमार रेग्मीले कैफियत झिकाउने आदेश दिएका थिए। उच्चको आदेशविरुद्ध थुनामा रहेका गृहसचिव टेकनारायण पाण्डे,पूर्वमन्त्री टोपबहादुर रायमाझी,केशव प्रसाद दुलाल,सानु भण्डारी,सागर राई,इन्द्रजित राई,गोविन्दकुमार चौधरी,सन्देश शर्मा र आङटाङ शेर्पासमेतले निवेदन दिएका थिए।

नेपाली नागरिकहरूलाई भुटानी शरणार्थीका रुपमा अमेरिका पठाइदिने प्रलोभनमा करोडौं ठगी गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो। उनीहरूविरुद्ध ठगी,लिखत किर्ते र राज्यविरुद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ।

Advertisement

काठमाडौं जिल्ला अदालतले तत्काल उपस्थित १८ जना प्रतिवादीमध्ये १६ जनालाई थुनामा पठाउने आदेश दिएको थियो भने दुईजनालाई धरौटीमा छोडेको थियो। पाण्डेसहित १० जनाको हकमा थुनामा राख्ने जिल्लाको आदेश उच्चले सदर गरिदिएको थियो। सोही प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण भने ३० लाख धरौटी बुझाएर रिहा भएका छन्। लक्ष्मी महर्जन,आशिष बुढाथोकी,टंककुमार गुरूङ र केशव तुलाधर साधारण तारेखमा रिहा भएका थिए।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement