छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल ६ नं गण राजविराजमा सिनियर अधिकृत मेस भवन निर्माण गरिएको छ ।

आइतबार एक कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी र मधेश प्रदेशका सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र साहले उक्त भवनको उद्घाटन गरेका छन् । उक्त भवन निर्माण पश्चात सशस्त्र प्रहरीले खेप्दै आएको मेसको समस्या समाधान हुने पालिका अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे ।

यसअघि सशस्त्र जवानको मेस दुई लाखको आर्थिक सहयोगमा छिन्नमस्ता गाउँपालिकाले निर्माण गरिदिएको समेत अध्यक्ष चौधरीले जानकारी दिए । त्यस्तै, उनले जिल्ला प्रहरी कार्यालय तथा अन्य आम नागरिकलाई दैनिक सेवा प्रवाह हुने कार्यालयमा पनि पालिकाको स्रोत साधनबाट मदत गर्दै आएको बताएका छन ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement