हुण्डीको २२ लाख भन्दा बढी रकमसहित दुई जना पक्राउ

वीरगन्जबाट प्रहरीले हुण्डीको २२ लाख भन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज १० आदर्शनगरस्थित माँ जगदम्बा मनि ट्रान्सफरका सञ्चालक पर्साको विन्दवासिनी गाँउपालिका(३ का ४३ बर्षिय अजय साह र बाराको कलैया उपमहानगरपालिका(२३ का ३८ बर्षिय अर्जुन राउत कुर्मी रहेका छन्। वीरगन्ज १० आदर्शनगरस्थित रुंगटा मलभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरबाट गत शुक्रबार दिउँसो अढाइ बजेतिर वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वको टोलीले उनिहरुलाई पक्राउ गरेको हो।

उनिहरुको साथबाट श्रोत नखुलेको १ हजार दरको नोट १ हजार ९ सय ५५ थान,।५ सय दरको नोट ५ सय थान र एक सय दरका नोट ७ थान गरी २२ २ लाख ५ हजार ७ सय रुपैयाँ बरामद गरिएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

दुवैजना विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रहरी नायब उपरीक्षक थापाले बताएका छन ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement