सप्तरीको पडेमरा सरदार टोलमा आगलागी हुदा २४ वटा घर जलेर नष्ट २५ लाख बराबरको क्षति

सप्तरीको कञ्चनरुप नगरपालिका–५ पडेमराको सरदार टोलमा भएको आगलागीमा परी २४ वटा घर जलेर नष्ट भएको छ । स्थानीय लालमोहन सरदारको गाईगोठमा बालेको आगोबाट आगलागी सुरु भएको थियो ।

आगलागीबाट १२ परिवारको २४ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीमा परी आशा सरदारको दई वटा, लालबहादुर सरदारको दुई वटा, बिजुली सरदारको तीन वटा, बुटु सरदारको दुई वटा, करण चौधरी र समुन्द्री सरदारसहित १२ परवारको २४ वटा घर जलेको छ ।

उक्त आगलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा र दुई वटा बाख्रासहित रु २५ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Advertisement

कञ्चनपुर, हनुमाननगर र राजविराज नगरपालिका तथा नेपाल प्रहरीको गरी चार वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुण्डीराज न्यौपानेले जानकारी दिएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement