सरोकारबाला एकजुट भए बालविवाह चाडै नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह

बालविवाह विरुद्धको जिल्ला स्तरीय कार्यशाला गोष्ठी शुक्रवार राजविराजमा सम्पन्न भएको छ । जिल्लाको १८ वटै पालिकाका जनप्रतिनिधि, महिला विकास अधिकृत र सरोकारबालाहरुको सहभागितमा सो गोष्ठि सम्पन्न भएको हो । गोष्ठिमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहले बाल बिवाहलाई न्युनीकरण गर्नसके समाजको लागी ठूलो उपलब्धी हुने बताए ।

उनले विगतको भन्दा अहिले बालबिवाह केही कम हुने गरेको तर, पूर्ण रुपमा बन्द नभएको प्रति चिन्ता व्यक्त गर्दै सबै सरोकारबाला एकजुट भए बालविवाह चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । बालविवाहलाई निरुत्साहित गर्न बालबालिकाहरुलाई अनिवार्य रुपमा शिक्षित बनाउन आवश्यक रहेकोले त्यतातिर पनि सबैले ध्यान दिनुपर्ने साहले बताए ।

गैर सरकारी संस्था महासंघ नेपाल शाखा सप्तरीका अध्यक्ष बलदेव मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद् मधेश प्रदेशका प्रदेश समन्वय अधिकृत संजिव महतोले बाल बिवाहबाट हुने असर र यसबाट पर्ने नकारात्मक प्रभाव तथा कानुनी व्यवस्थाबारे सहभागीहरुलाई जानकारी गराए ।

Advertisement

सन् २०३० सम्म बालबिवाह न्युनीकरण गर्ने लक्ष्य नेपाल सरकारको रहेको जानकारी गराउँदै महतोले त्यही विषयमा सहभागीहरुसँग छलफल भएको जानकारी दिए । सेभ द चिल्ड्रेन, जिल्ला समन्वय समिति सप्तरी, सवल नेपालको सहयोगमा गैर सरकारी संस्था महासंघ नेपाल शाखा सप्तरीले आयोजना गरेको कार्यक्रममा जिल्लाका १८ वटै पालिकाका उपप्रमुख र महिला विकास अधिकृत सहित ६५ जना सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement