मधेश प्रदेश सरकारले साहको परिवारलाई गर्‍यो ५ लाख सहयोग

इजरायल गाजायुद्धमा हमास समूहको आक्रमणबाट मारिएका धनुषाका आनन्द साहको परिवारलाई आर्थिक सहयोग गरिएको छ । धनुषा लक्ष्मिनिया गाउँपालिकाका ४ का आनन्द साहको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

मधेश प्रदेश सरकारले साहको परिवारलाई ५ लाख रुपैँया आर्थिक सहयोग उपलब्ध गराएको हो । मुख्यमन्त्री सरोजकुमार यादवले मृतक साहका बुबा सोमन साहलाई ५ लाख बराबरको चेक आज हस्तान्तरण गरेका हुन् ।

मधेश सरकारबाट घोषणा भएबमोजिम मुख्यमन्त्री यादवले मृतकका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । २०८० साल असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समूहले गरेको आक्रमणबाट साहसहित अध्ययन भ्रमणमा रहेको १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement