वीरगञ्जबाट ५८ लाख बढीको सामानसहित मालवाहक ट्रक प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान बोकेको एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार राति करिब साढे ७ बजे ५८ लाख लाख ४१ हजार रुपैयाँ बराबरको सामान बोकेको ना ३ ख ३३२४ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा बिलबिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु बोकेको मालवाहक ट्रक ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । वीरगञ्ज २५, सिर्सियामा ट्रकलाई रोकेर जाँच गर्ने क्रममा ट्रकमा बिलबिजकभन्दा बढी सामान भेटिएको र बिलबिजक पनि शंकास्पद देखिएको थापाले बताए । नियन्त्रणमा लिइएको ट्रक थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको उनले जानकारी दिए ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement