जनकपुरधाम १६ पुलचोकमा रेल्वे लिक नजिक जलिरहको अवस्थामा २३ वर्षीय युवतीको शव भेटियो

जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले फेला पारेको हो ।

शव महोत्तरीको मनरासिसा नगरपालिका९२ कि २३ वर्षीया प्रियंका महतोको रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरेको हो। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement