विशेष सूचनाको आधारमा जाँच गर्दा ६५ हजार बराबर मूल्यका भन्सार छलीका सामान बारा प्रहरीको नियन्त्रणमा

बारा प्रहरीले ६५ हजार मूल्यका भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा ६५ हजार २ सय रुपैँया बराबरका भन्सार छलीका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्लाका फरकफरक स्थानहरुमा प्रहरी चलाएको जाँच अभियानका क्रममा उक्त मूल्यका सामानहरु बरामद भएको प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जनाए ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरबाट १८ हजार मूल्यका चप्पलहरु पक्राउ गरेको उनले बताए । यस्तै कलैया–४ हनुमान मन्दिरबाट ना ५४ प ९३९१ नम्बरको मोटरसाइकलमा ल्याउदैँ गरेको अवस्थामा २८ हजारका पाउडर दूध बरामद भएको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय जितपुरको टोलीले जितपुरसिमरा–७ मा वीरगञ्जदेखि काठमाण्डौँका लागि छुटेको प्र ०३–००१६ प ८६२१ नम्बरको बसमा लुकाइछिपाई लैजादै गरेको अवस्थामा १९ हजार २ सय मूल्यका ३२ प्याकेट मिट मसला बरामद भएको डिएसपी न्यौपानेले जानकारी दिएका छन ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement