शिकार गरेको मुद्दामा दुई जना प्रदेश सांसद र एक पूर्व गाउँपालिकाका अध्यक्षलाई सफाई

वन्यजन्तुको शिकार गरेको मुद्दामा दुई जना प्रदेश सांसद र एक पूर्व गाउँपालिकाका अध्यक्षले सफाई पाएका छन्
अवैध रुपमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र प्रवेश गरी शिकार गरेको र सोमा प्रयोग भएको सवारी साधन र हातहतियार समेत जफत नगरी सफाई पाएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले वन्युजन्तुको अवैध चोरी शिकारीको घटनामा संलग्न रहेको आरोपमा पर्सा ३ ९१० का प्रदेश सांसद प्रमोदकुमार जयसवाल, काठमाण्डु ५ ९२० का प्रदेश सांसद श्याम खड्का र सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालसहित ४७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

२०८० पुस १७ मा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले घटनास्थलमा रंगेहात पक्राउ परेका ५ सहित ११ जनालाई बिना इजाजत निकुञ्ज क्षेत्रमा निलगाई तथा चित्तलको शिकार गरेको पुष्टि भएकाले दोषी ठहर गरेका छन् भने दुई सांसद र पूर्वगाउँपालिका अध्यक्षले भने सफाई पाएका छन् । उनीहरु अवैध चोरीशिकारमा मतियारको रुपमा काम गरेको भन्दै मुद्दा दर्ता भएको थियो । स्वतन्त्रबाट निर्वाचित भएका जयसवाल चैत दोस्रो साता एमालेमा प्रवेश गरेर मधेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री नियुक्त भएका छन् । भने खड् का कांग्रेसबाट निर्वाचित सांसद छन् ।

Advertisement

पक्राउ परेका प्रतिवादीहरु झापसदास थारु, नवराज बस्नेत, विशाल सहनी, दामोदार अधिकारी, म्लाङडोङ तामाङ, प्रकाश केसी, सुलम मियाँ अन्सारी, भोलाबहादुर थापा पुन मगरलाई ऐनको दफा २६९३० बमोजिम सजायको माग दाबी गरिएको थियो ।सांसदद्वय र पूर्वगाउँपालिका अध्यक्षले मतियारको रुपमा काम गरेको ठहर गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २७ बमोजिम सजायको माग दाबी गरिएको थियो । उनीहरुलाई कसुरदारलाई लाग्ने सजायको सजायको आधा हुने गरी ५० हजार रुपैयाँ जरिवाना र एक वर्षसम्मको जरिवाना माग गरिएको थियो ।

 

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement