बिष्णुपुर गाउँपालिका अध्यक्ष उमेश यादवले सफाइ पाए

भ्रष्टाचारसम्बन्धी मुद्दामा सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवले सफाइ पाएका छन । बिशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायण सिंह राई तथा मुरारीबाबु श्रेष्ठको इजलासले भ्रष्टाचार समबन्धी मुद्दामा गाउँपालिका अध्यक्ष यादव सहित लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर बिरेन्द्र यादवलाई सफाइ दिने फैसला गरेको बिशेष अदालतका सुचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । गत साउन ३१ गते राजविराजस्थित गजेन्द्र चौक नजिकबाट लेखापाल टुकनारायण र कम्प्युटर अपरेटर बिरेन्द्रलाई योजनाको भुक्तानीको नाममा २ लाख नगद र ३ लाखको चेक लिदै गरेको अबस्थामा पक्राउ गरेको दाबी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु दुबैजना सहित गाउँपालिका अध्यक्षलाई समेतलाई प्रतिवादी बनाई बिशेष अदालतमा गत भदौ १९ गते आरोप पत्र दायर गरेको थियो । सो क्रममा अख्तियारमा बयान दिन गएका बेला अध्यक्ष यादवलाई समेत अख्तियारले नियन्त्रणमा लिएको थियो । बिशेष अदालतमा थुनछेकको बहसपछि धरौटीमा रिहा भएका पालिका अध्यक्ष यादवसहित तिनैजनालाई शुक्रबार बिशेष अदालतले सफाइ दिने फैसला गरेको हो । बिशेष अदालतले सफाइ दिने फैसला गरेसंगै आरोप पत्र दायर भएको दिनदेखी पालिका अध्यक्षवाट निलम्बित उमेश यादव पुन गाउँपालिका अध्यक्षमा फर्किने भएका छन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement