सर्लाहीबाट स्रोत नखुलेको झण्डै २८ लाख रुपैयाँसहित दुईजना पक्राउ

सर्लाहीबाट स्रोत नखुलेको २७ लाख ७५ हजार रुपैयाँभन्दा बढी रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ३ का २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अन्सारी छन् । आइतबार प्रहरीले दुवैजनाको साथबाट स्रोत नखुलेको २७ लाख ७५ हजार ९७० रुपैयाँ बरामद गरेको जनाएको छ । मलंगवा नगरपालिका ९ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेका दुवैजना हुण्डी कारोबारी रहेको सर्लाही प्रहरीले जनाएको छ । कमर आरिफ दुवै जना माथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविन कुमार कार्कीले बताएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement