रौतहटमा परीक्षा केन्द्रबाट ५ सय थान मोबाइल सेट बरामद

रौतहट जिल्लामा माध्यमिक शिक्षा परीक्षा एसईईमा मोबाइलबाट चिट चोरिएको फेला परेको छ । दोस्रो दिन शुक्रबार भएको नेपाली विषयको परीक्षामा रौतहट जिल्लाको विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट परीक्षा अनुगमन समितिले ५ सय थान मोबाइल सेट बरामद गरेको छ । एसईई परीक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीहरुले जुद्ध माध्यमिक विद्यालय गौर, चन्द्रपुर सहित जिल्लाको ३१ वटा परीक्षा केन्द्रबाट ५ सय थान मोवाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामविनय सिंह सहितका अनुगमनमा खटिएका अधिकारीहरुले उक्त मोवाइल सेट बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरिएका मोवाइल सेटमा सम्बन्धित व्यक्तिहरुको नाम लेखिएको तथा एसईई परीक्षाको सम्पूर्ण जाँच पूरा भएपछि उनीहरुलाई फिर्ता गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता समेत रहेका डिएसपी एलिजा गिरिले बताइएकी छन् । त्यस्तै एसईई परीक्षामा सर्लाही जिल्लामा गार्ड रहेका दुई जनालाई चिट चोरी गराएको अभियोगमा पक्राउ गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement