सुनकोशी नदी पौडी खेल्न गएका तीन बालबालिका बेपत्ता

उदयपुरमा होली मनाएर पौडी खेल्न सुनकोशी नदी गएका तीन बालबालिका बेपत्ता भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका तीन बालबालिका आइतबार बेपत्ता भएका छन्।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार साउने बजारका बालबालिका सुनकोशी नदीको धाप्लाङघाटम पौडी खेल्दा डुबेर बेपत्ता भएका छन्।बेपत्ता हुनेहरूमा साउने बजारका १२ वर्षीय रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर रहेका छन्।बालबालिकाहरूको समूह आइतबार दिनभर होली खेलेर धाप्लाङघाट पुगेका थिए। कोशीमा पौडिन पसेकामध्ये चारजनाको स्थानीयले उद्धार गरेको र तीनजना भने बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता भएका तीन बालबालिकासँगै पौडी खेल्न गएका चार बालबालिका भने घर फर्किसकेको प्रहरीले जनाएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement