सिरहाबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित साह पक्राउ

मधेस प्रदेशको सिरहाबाट स्रोत नखुलेको १० लाख रुपैयाँ सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा न। ६ सितापुर बस्ने ३० वर्षीय मुकेश कुमार साह छन् । उनलाई प्रहरीले बुधबार लहान नगरपालिका वडा न १ गोलचक्कर स्थित प्र ०१२–०१–००२ प ३९६९ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकलमा सवार भई जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा स्रोत नखुलेको राकमसहित नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ। उनले बेकेको रंङको झोलाबाट स्रोत नखुलेको १० लाख १ हजार ६३० रुपैयाँ बरामद गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरी पठाएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले बताएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement