धनुषामा एक युवकको घाँटी रेटेर हत्या, दुई जना युवक पक्राउ

धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । जनकनन्दनी गाउँपालिका २ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको गए राति हत्या भएको हो । हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा बिबाद हुँदा नदाफको दुईजना साथीले घाँटीको चिउँडो छुराले रेटेर हत्या गरेको धनुषाका डिएसपी रञ्जन अवाले बताएका छन । छुराले घाँटी रेटेपछि गम्भीर घाइते नदाफलाई उपचारको क्रममा भारत लगिएकोमा उपचारको क्रममा राति २ बजे मृत्यु भएको हो । शव घर ल्याएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए । हत्या अभियोगमा स्थानीय ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई पक्राउ गरेको डिएसपी अवाले बताएका छन । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement