प्रधानमन्त्री दाहाल प्रचण्डले विश्वासको मत पाएसंगै मधेश प्रदेश सरकार पुनर्गठनको तयारी

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले विश्वासको मत पाएसंगै मधेश प्रदेश सरकार पुनर्गठनको तयारी थालिएको छ । जसपाबाट मुख्यमन्त्री रहेका सरोजकुमार यादव बुधबार काठमाडौंबाट मधेश फर्केर सरकार पुनर्गठनको तयारी गरेका हुन् । उनले सरकारमा सहभागिताको विषयमा आज नेकपा एमालेसित छलफल गर्ने भएका छन् । नवनियुक्त प्रदेश प्रमुख आएसंगै सरकार पुनर्गठन गर्ने तयारीमा मुख्यमन्त्री यादव छन् । नेपाली काँग्रेसलाई सरकारबाट हटाएर एमालेलाई सरकारमा लैजाने मुख्यमन्त्रीको तयारी छ । जसको लागि मुख्यमन्त्री यादवले काँग्रेसका मन्त्रीहरुलाई राजिनामा गर्न लगाउने मुख्यमन्त्री सचिवालयय स्रोतले जनाएको छ । स्रोतका अनुसार काँग्रेसलाई हटाएपनि केन्द्रमा गठबन्धनमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई मधेश सरकारमै यथावत राख्ने मुख्यमन्त्री यादवको रणनीति छ । १४ सदस्य मन्त्री मण्डलमा जसपाका मुख्यमन्त्री बाहेक तीन मन्त्री र एक राज्यमन्त्री छन् । काँग्रेसका तीन, माओवादी केन्द्रका एक मन्त्री र एक राज्य मन्त्री, लोसपा र नेकपा एकीकृत समाजवादीको एक–एक मन्त्रालय छ । ९ माघमा जनमतले छाडेको दुई मन्त्रालय पनि मुख्यमन्त्री यादव आफैसित राखेका छन् । अब एमालेलाई काँग्रेसको भागमा रहेको थप तीन र जनमतले छाडेको दुई मध्ये एक मन्त्रालय, माओवादी केन्द्रलाई थप एक दिएर मन्त्री परिषद पुनर्गठन हुने मुख्यमन्त्री सचिवालय श्रोतको दावी छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement