मन्दिरमा तोडफोड गरेको आरोपमा सर्लाहीमा एक युवक पक्राउ

सर्लाहीमा मन्दिर तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका ८ का ३३ वर्षीय राकेश बैठा छन् । सदरमुकाम मलंगवास्थित दुई मन्दिर तोडफोड गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । मलंगवा नगरपालिका ८ स्थित राजदेवी मन्दिर र वडा नं। ९ स्थित झिलमिलिया माई मन्दिरभित्र रहेको मूर्ति तोडफोड गरेको आरोपमा बैठालाई पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोले जानकारी दिएका छन । मंगलबार साँझ बैठाले मन्दिर तोडफोड गरेको प्रहरीले जनाएको छ । बैठालाई धर्मसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement