बारामा दाइजोमा सुनको सिक्री नदिएको भन्दै बिहे रद्द, आठजना पक्राउ

दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमा एक कर्मचारी बेहुलाले बिहे नै रद्द गरेका छन् । बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहले गए राति सोयम्बरपछि विवाह मण्डपमा बिहे रद्द गरेका हुन् । बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् । उनको पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीसँग राति बिहे थियो ।
विवाहको लागि स्वयम्बर विधि भइसकेपछि विवावह मण्डपमा बेहुला साहले सुनको सिक्री नदिएको भन्दै विवाह इन्कार गरेपछि विवाद भएको थियो । बेहुलाले जन्ती फर्काउन खोज्दा प्रहरी पुगेर बेहुलासहित ८ जनालाई पक्राउ गरेको छ । बिबाद भएपछि गएर बेहुला पक्षका ८ जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङ्ले जानकारी दिए । उनले पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको बताए । बेहुली पक्षका अनुसार नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औठी र हनुमानको माला दाइजोमा बिहे तय भएको थियो । ती सबै सामान उनलाई बिहे अघि नै दिइसकेको थियो । तर गए राति बिहेको बेला सुनको सिक्री नपाएपछि बिहे नै नगर्ने अडान लिएपछि बिबाद भएको थियो । मधेश प्रदेशमा दाईजोको निहुँमा कैयौं बुहारीको हत्यादेखि कैयौं जघन्य अपराधसमेत भइरहेको अवस्थामा मात्र एउटा सिक्रीको लागि सरकारी कर्मचारी भएर पनि बिहे रद्द गर्ने अपरेटर साहलाई कडा कारबाहीको दायरामा ल्याउन स्थानीयहरूले माग गरेका छन्।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement