जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एक जनाको मृत्यु, छ जना गम्भिर घाईते

जनकपुरमा स्कूल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव रहेकी प्रहरीले जनाएको छ । जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा आज बिहान प्र २ ०२ ००१ क ०४३१ नम्बरको एंजल्स स्कुलको बसले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । घाइतेहरुमा स्थानीय पशुपति देवी यादव, अम्बिका झा, भुवनेश्वरी झा, ममता देवी, बलकिया देवी र बालक सोनु कुमार साह छन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । विवाहको लागि मटकोरको माटो पोखरीबाट महिलाहरु गइरहेको बेला तिव्रगतिमा रहेको स्कुल बसले ठक्कर दिएको स्थानीयले बताएका छन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement