कञ्चनरुपमा दादुरा–रुवेला खोप अभियान सञ्चालन, पहिलो दिन करिब ३ हजार बालबालिकाका ले लगाए खोप

सप्तरीको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखा कञ्चनपुरले ६७ वटा खोप केन्द्र मार्फत दादुरा–रुवेला खोप अभियान सञ्चालन गरेको छ । कञ्चनरुप नगरपालिकामा ९ महिनादेखी १५ बर्ष मुनिका १७ हजार ९ सय बालबालिकाका लागि आईतबारदेखी ६७ वटा खोप केन्द्रबाट दादुरा–रुवेला खोप अभियान सञ्चालन गरेका हुन् । कञ्चनरुपका स्वास्थ्य शाखा सह संयोजक डम्बर प्रसाद गुप्ताका पहिलो दिन करिब ३ हजार बालबालिकाहरुले खोप लगाएका छन् । अभियानअन्तर्गत १२ वटै वडाका सामुदायिक र निजी विद्यालय,स्वास्थ्य चौकीमा खोप केन्द्र राखिएको छ । खोप अभियानलाई सहज, सुलभ र प्रभावकारी ढङ्गमा सञ्चालन गर्न पालिकाभर खोप कार्यकर्ता तथा स्वयंसेवक गरी २५७ जना जनशक्ति परिचालन गरिएको छ । आउँदो असार १४ गते मधेश प्रदेशलाई पनि पूर्ण खोप प्रदेश घोषणा गर्ने लक्ष्य रहेको छ । मधेश प्रदेश दादुरा र रुवेलाको सर्वाधिक जोखिममा रहेको प्रदेश भएको विगतका घट्नाक्रमहरुले देखाएका छन् । मुख्यतया यहाँका ग्रामीण भेग दादुराको प्रकोपले आक्रान्त हुँदै आएको छ । अहिले खोप लगाउन छुटेका बालिकाबाट पछि जन्मने बच्चामासमेत रुवेला सङ्क्रमणको जोखिम रहने भएकोले खोप अभियानलाई सफल बनाउनु सबैको दायित्व भएको सह संयोजक गुप्ताले बताएका छन । स्थानीय तहहरूले पनि कुनै बालबालिका दादुरा–रुवेलाको जोखिममा नपरून् भनी खोप अभियान सञ्चालनमा जुटेको दाबी गरेका छन् । खोप अभियानबाट लक्षित उमेरका कुने बालबालिका छुट्ना नपाओस् भनी नगरपालिकाले वडादेखि टोल बस्तीसम्म प्रचार प्रसारका र सचेतीकरण अभियानलाई तीव्रता दिने गुप्ताले बताएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement