मधेशका मुख्यमन्त्री यादवले तेस्रोपटक विश्वासको मत पाए पक्षमा ६९ र विपक्षमा ३५

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक सदनबाट विश्वासको मत पाएका छन् । आज सदनमा उपास्थित १०४ सांसद मध्ये उनको पक्षमा ६९ मत परेको छ । विपक्षमा भने ३५ मत परेको हो ।उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।गत माघ ९ गते जनमतका दुई मन्त्रीले सरकार छाड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कानुन व्यवस्था अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन् ।मधेश प्रदेश सभामा १०७ सांसद छन् । एमालेका सबैभन्दा धेरै २४, कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एकरएक र एक स्वतन्त्र सांसद छन् ।

 

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement