ब्राजिलको सर्वोच्च अदालत परिसरमा विस्फोट हुँदा एकको मृत्यु

ब्राजिलको सर्वोच्च अदालत परिसरमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। राजधानी ब्रासिलियामा रहेको सर्वोच्च अदालत परिसरमा बुधबार साँझ विस्फोट हुँदा एक जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।

सर्वोच्च अदालतसँगै संसद भवन र राष्ट्रपतिको कार्यालय समेत अवस्थित रहेको राजधानीको केन्द्रमा बुधबार साँझ दुई पटक विस्फोटको आवाज सुनिएको थियो। ब्रासिलियाका डेपुटी गभर्नर सेलिना लिआओका अनुसार गत बुधबार साँझ अदालत प्रवेश गर्न खोजेका एक व्यक्तिलाई प्रहरीले रोकेको थियो। त्यति नै बेला विस्फोटको आवाज सुनिएको बताइएको छ ।

त्यतिबेला न्यायाधीशहरूले भर्खरै सुनुवाइ सकाएका थिए। विस्फोटको आवाज सुनिनेबित्तिकै उनीहरूलाई बाहिर निकालिएको थियो। लगत्तै प्रहरीले भवनको बाहिरी भागमा एक जनालाई मृत फेला पारेको हो ।
महान्यायाधिवक्ता जर्ज मेसियसले घटनाको निन्दा गर्दै योजनाबद्ध रूपले सर्वोच्च अदालत परिसरमा विस्फोट गराइएको बताएका हुन । उनले त्यसबारेमा यथाशीघ्र छानबिन हुने पनि बताएका छन्।

Advertisement

डेपुटी गभर्नर लिआओले घटनाको अनुसन्धानका लागि अदालत खाली गराइएको र संसद भवन पनि बिहीबारका लागि बन्द गर्न भनिएको बताएका थिए । डेपुटी गभर्नर लिआ ओका अनुसार उक्त घटना आत्महत्या हुनसक्ने बताउदै हामी यसलाई आत्महत्या अनुमान गरिरहेका छौं किनकी मृतक एक जनामात्रै रहेका छन् । यद्यपि अनुसन्धानले सत्य तथ्य के हो भन्ने अवश्य देखाउने बिश्वास ब्यक्त गरेका थिए ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement