सर्लाहीको बरहथवामा आगलागी हुदा पौने तीन करोड बराबरको क्षति

सर्लाहीको बरहथवा नगरपालिका ७ बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट ठुलो मात्रामा धनमालको क्षति भएको छ । स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न पसलमा भएको आगलागीबाट व्यापक क्षति पुगेको हो । आगलागीबाट नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएका छन ।

बरहथवाका डिएसपी गौतम थापाले राति नै प्रारम्भिक विवरण सङ्कलन गर्दा आगलागीबाट करिब पौने तीन करोड बराबरको क्षति भएको जानकारी दिएका हुन। डिएसपी थापाका अनुसार नरेश साहको किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री गोदाम गरेर राखिएकाले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको हो ।

आगलागी नियन्त्रण गर्न दुई घण्टाभन्दा बढी समय लागेको र शुक्रबार राति ११ ३० बजेतिर सुरु भएको आगलागी शनिबार बिहान २ बजेतिर मात्रै नियन्त्रणमा आएको डिएसपी थापाले बताएका छन । स्थानीय वासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको बरहथवा प्रहरीले जनाएको छ ।

Advertisement

आगलागीका कारण खुल्न नसकेको र मुख्यबजारमा भएको आगलागी सबैको सहयोगमा नियन्त्रणमा लिन सफल भएकाले थप पसल तथा घरहरुमा क्षति हुन नपाएको स्थानीय वासिन्दाले बताएका छन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement