मैनाकडेरीमा झुन्डिएको अवस्थामा एक युवक मृत फेला

सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडेरीमा एक युवक झुन्डिएको अवस्थामा फेला परेको हो । स्थानीय इनुस मंसुरीका कान्छो छोरा अन्दाजी बर्ष २३ को आईजु मंसुरी बुधबार विहान झुन्डिएको अवस्थामा मृत फेला परेको हो ।

घरबाट ५ सय मिटर पर रहेको महुली खोला किनारमा रुखको हांगामा गम्छामा फाँसो लगाई झुन्डिएको अवस्थामा युवकको शव फेला परेको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएका छन ।

स्थानीयले झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा प्रहरी पुगेर घटनाको सबै प्रक्रिया पूरा गरि मृतक युवकको शब पोष्ट मार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज पठाएको ईलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी महेन्द्र नेपालले जानकारी दिएका हुन । यस घटना बारे थप अनुसन्धान भईरहेको नेपालले बताएका हुन ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement