२७० भन्दा बढी सिट हासिल गर्दै अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन्। बुहमत सिट २७० भन्दा बढी सिट जित्दै ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

निर्वाचनअघि प्रतिद्वन्द्वी डेमो क्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस सँग कडा प्रतिस्पर्धा हुने भनिए पनि ट्रम्पले सहज जित हासिल गरेका छन्। पछिल्लो मतपरिणाम अनुसार ट्रम्पले २७७ सिट सुनिश्चित गर्दा कमलाले २२४ सिट जितेकी छन्। आठ वर्षअघि हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न सफल भएका थिए। पछिल्लो निर्वाचनमा भने उनी जो बाइडेनसँग पराजित भएका थिए।

ट्रम्पले अमेरिकाका लागि यो स्वर्ण युग हुने घोषणा गर्दै उनले अमेरिकाको हितमा काम गर्ने बताएका छन्। ’यो अमेरिकी जनताको शानदार जित रहेकोले अमेरिकालाई अझ सक्षम बनाउन मद्धत गर्ने बताएका छन।

Advertisement

उनले अभूतपूर्व विजयी गराउने अमेरिकी नागरिकहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। आफू यही दिनका लागि हत्या प्रयासबाट बचेको उनको भनाइ छ। चुनावी ¥यालीमा सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो। गोली उनको कानलाई छुँदै गएपछि उनी बाँच्न सफल भएका थिए।

ट्रम्पले वाइटहाउसबाट आफूले पूरा जोड दिएर संघर्ष गर्ने बताएका छन्। राष्ट्रपति बन्नु संसारकै सबैभन्दा महत्त्वपूर्ण काम हेको बताउँदै उनले आफूले गरेका वाचा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement