ह्वाट्सएपबाट लाखौं रकम ठगि गर्ने तीन जना सप्तरीबाट पक्राउ

अहिले इन्टरनेटको जमानामा फरक फरक तरिकाबाट ठगी हुने गरेको छ । सोहि क्रममा ह्वाट्सएपमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको तस्बिर राखेर पैसा असुल्ने तीन जनालाइ प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज नगरपालिकाका एक व्यक्तिलाई ं ह्वाट्सएप आईडीबाट फोन गरी सो समूहले ‘ उनको छोराको अपहरण गरेको भन्दै रकम मागेका थिए । रकम नपठाए छोरालाई मारिदिने धम्की दिएपछि विभिन्न बैंकको फरक खातामा १२ लाख ८० हजार रुपैयाँ जम्मा गराएका थिए । जम्मा गरिएको सो रकम धम्की दिने समूहले उठाएका थिए । यो घटनाको अनुसन्धानमा जुटेको प्रहरीले तीन जनालाई आइतबार नियन्त्रणमा लिएको हो । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ गरिएकाहरूमा झापाको मेचीनगर ६ का सविन मैनाली, वडा नम्बर १० का शुभम मैनाली र सुनसरीको धरान ३ का आशिका बराइली रहेका छन् ।उनीहरूलाइ ठगी मुद्दामा ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement